रोधिं साँस्कृतिक विश्वविद्यालय हो: सांसद गुरुङ
पाेखरा | भदौ १, २०८०
पोखरा: मुनाल फिल्म प्रा.लि.पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनले प्रथम स्थापना दिवस मनाएको छ । म्याक्स टेलिभिजनको सहकार्य नेपालकै पहिलो साँस्कृतिक टेलिभिजन रोधिं सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा पोखरा–१० उत्तमचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा भव्यताका साथ स्थापना दिवस मनाएको हो ।
दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि निवर्तमान मन्त्री एवम गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङले रोधिं साँस्कृतिक विश्वविद्यालय भएको बताउनुभयो। तमुहरुको पवित्र संस्था रोधिंमा तमुहरुलाई नैतिवान बन्ने, साँस्कृतिक संरक्षण गर्ने, ज्ञानसिपहरु हस्तान्तरण गर्दै लाने, गाँउ समाजको थिति बसाल्ने, किशोर एवम युवा पुस्तालाई व्यवहारिक रुपमै सामाजिक शिक्षा पढाउने, जीवनशैली निर्माण गर्ने मौलिकता, सामाजिक एवम साँस्कृतिक ज्ञानको विश्व विद्यालय भएको उहाँको भनाई थियो ।
तमु भाषाबाट नेपाली शब्दकोषमा प्रवेश गरेको रोधिं शब्दकै नामबाट स्थापित रोधिं टिभि ब्राण्ड बन्नुपर्दछ भन्नुहुदै उहाँले रोधिं टेभिले छोटो अवधिमा राम्रो प्रस्तुति गरिरहेकोमा गुरुङले प्रसंशा गर्नुभयो। रोधिं टिभिलाई सबैको प्रिय एवम व्यवसायिक रुपमा दिगोपनका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुभकाना व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको पवित्र संस्था रोधिंको गलत भाष्यलाई रोधिं टेलिभिजनले उचित जवाफ दिएको भन्दै धन्यवाद दिनुभयो। रोधिं एक सिर्जनशील घर भएकाले तमु समुदायको साँस्कृतिक धरोहरलाई संरक्षण र विकासका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई टिभिले विषयवस्तु बनाउनु जरुरी छ भन्नुहदै बामे सर्दै गरेको रोधिं टिभिको विकासका लागि समुदाय ढंगबाट अभिभावकत्व जरुरी भएको उहाँको जोड थियो। यस्तै गरी राज्यले पनि उचित रोधिं टेलिभिजन जस्तो साँस्कृतिक टिभिलाई साथ सहयोग र अभिभावकत्व प्रदान गरोस भन्नुहदै सबैको मनमुटुमा रोधिं बन्ने शुभकामना व्यक्त गर्नुभयो ।
टेलिभिजन प्रसारक संघका महासचिव मनोज गुरुङले शुभकामना व्यक्त गर्नुुहुदै छोटो समयमा रोधिं टिभिले धेरै दर्शक श्रोताको मनजितेको बताउनुभयो। स्थापित टिभि च्यानलहरुमा समस्या आए पनि दर्शकहरुले वास्ता नगरे पनि रोधिंको च्यानले समस्या आउने वित्तिकै धेरैले फोन गर्ने गरेकोबाट रोधिं टिभि सबैको प्रिय बनेको प्रमाण पेश गर्नुभयो ।
मुनाल फिल्मका अध्यक्ष भोजबहादुर गुरुङले आफुहरुसँग वर्षो पुग्ने कन्टेन्ट रहेको बताउनुभयो। सुरुमा मुनाल फिल्मले गुरुङ चलचित्र, गाउँ बस्ती चिनारीका लागि बनाइने म्युजिक भिडियो, युट्युब कन्टेन्ट, बिज्ञापन सामाग्री आदि निर्माण गर्दै आएकोमा म्याक्स टेलिभिजनबाट निरन्तर प्रसारण भईरहेको बताउनुहुदै आगामी दिन धेरै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनुभयो ।
रुङहरुको बढी बसोबास भएको ठाउँ पोखरामा रोधिंले विषय बस्तुसँग सम्बन्धित आवश्यक सामाग्री तयार पार्न त्यति कठैनाई नभएको बताउँछन् रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङ ।
सञ्चालक मनोज गुरुङसँगको सहकार्यमा सुरुवात भएको रोधिंले हालसम्म आइपुग्दा लगभग शृङ्खलाबद्ध रुपमा डेढ सय भाग छायांकन गरिसकेको बताउँछन् मुनाल फिल्मका प्रवन्ध निर्देशक भोज बहादुर गुरुङ ।
स्वदेश तथा विदेशमा रहनुहुने गुरुङ संघ संस्था व्यक्ति विशेषको साथ सहयोग र मार्ग निर्देशनले गर्दा नै आज हामी रोधिंको पहिलो वार्षिकोत्सब मनाउन पाएका छौं उनले भने ।
प्रथम स्थापना दिवसलाई थप रौनक प्रदान गर्न चर्चित लोक दोहोरी जोडी चिज गुरुङ र निर्जला गुरुङसहित कलाकारहरुको बेजोड दोहोरी प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा रोधिं कार्यक्रम संचालनका लागि विभिन्न शुभेच्छुकहरुले सहयोग प्रदान गरेका थिए ।
कार्यक्रम मुनाल फिल्मका सञ्चालक एवं प्रवन्ध निर्देशक भोज बहादुर गुरुङको अध्यक्षतामा, रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङको स्वागत र लोक दोहोरी गायक टस बहादुर गुरुङल कार्यक्रम संचालन गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

